Skip to content Skip to left sidebar Skip to footer

१२. दाना स्तर निर्धारण समिति

१२.नेपाल सरकारले समय समयमा दाना स्तर निर्धारण गर्न एउटा दाना स्तर निर्धारण समिति गठन गर्न सक्नेछ ।

“१२क. अनुगमन तथा निरीक्षण गर्न सक्ने: (१) दाना पदार्थको उत्पादन, बिक्री वितरण, निकासी,  पैंठारी वा सञ्चय गर्दा यस ऐन बमोजिमको स्तर कायम गरे नगरेको समेतका  विषयमा प्रदेश वा स्थानीय तहले आफ्नो क्षेत्रमा अनुगमन तथा निरीक्षण गर्न सक्नेछन्।

(२) उपदफा (१) बमोजिम अनुगमन तथा निरीक्षणको क्रममा कसैले यस ऐन विपरीत कुनै काम गरेको पाइएमा प्रदेश सरकार वा स्थानीय तहबाट अनुगमन वा निरीक्षणमा खटिएको दाना निरीक्षकले यस ऐनको दफा ६ र ११ बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ।त्यसको जानकारी अनुसन्धान अधिकारीलाई दिनु पर्नेछ।

(३) यस दफा बमोजिम अनुगमन तथा निरीक्षण गर्दा कसै उपर यस ऐन बमोजिम मुद्दा चलाउनु पर्ने भएमा दाना निरीक्षकले यस ऐन बमोजिम अनुसन्धान गर्ने अधिकारी समक्ष पठाउनु पर्नेछ।”

0 Comments

There are no comments yet

Leave a comment