Skip to content Skip to left sidebar Skip to footer

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “दाना पदार्थ” भन्नाले पशु, पंक्षी र माछाले खाने पिउने चीज वा चीजहरुका संमिश्रणबाट बनेको अरु कुनै खाने पिउने चीज सम्झनुपर्छ ।
(ख) “दुषित दाना पदार्थ” भन्नाले देहायको कुनै अवस्थाको दाना पदार्थ सम्झनुपर्छ ।
(१) दफा १० बमोजिम निर्धारित गरिएको स्तरभन्दा कमसल हुनेगरी प्रमुख अड्ढको परिमाण घटाइएको वा अर्को कुनै पदार्थ संमिश्रण गरिएको दाना पदार्थ,
(२) पंशु, पंक्षी र माछालाई हानीकारक हुने गरी सडेको, गलेको वा फोहोर मैला वा विषादि अवस्थामा राखिएको वा तयार गरिएको दाना पदार्थ,
(३) केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशु, पंक्षी वा हानीकारक वनस्पतीबाट बनेको दाना पदार्थ,
(४) यस ऐन अन्तर्गत बनेको वा जारी गरिएको नियम वा आदेशमा तोकिएको न्युनतम आवश्यक गुणस्तरभन्दा घटेको वा अधिकतम गुणस्तर तोकिएकोमा सो भन्दा बढेको दाना पदार्थ ।
(ग) “दाना निरीक्षक” भन्नाले दफा ५ बमोजिम नियुक्त भएको वा तोकिएको दाना निरीक्षक सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको वा जारी गरिएको नियम वा आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

0 Comments

There are no comments yet

Leave a comment