Skip to content Skip to left sidebar Skip to footer

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “जल” भन्नाले ताल, दह, खहरे, खोला, नदी, नाला, पोखरी, नहर, कुलो, तलाउ, जलाशय, कृत्रिम जलाशय, (रिजरभ्वायर), सिमसार, मत्स्य पालनका लागि जडान भएको पिंजडा (क्रेज) तथा माछा पालन गरेको धान खेतको पानी र तिनीहरुको स्रोत समेत सम्झनु पर्छ ।
(ख) “जलचर” भन्नाले जलभित्र बस्ने जुनसुकै जीव सम्झनुपर्छ ।
(ग) “स्थानीय अधिकारी” भन्नाले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी सम्झनु पर्छ ।
(ग१) “प्राविधिक अधिकारी” भन्नाले मत्स्य विकास वा मत्स्य अनुसन्धान वा मत्स्य प्रसार कार्य गर्नको लागि नेपाल सरकारले तोकेको कर्मचारी सम्झनुपर्छ ।(ग२) “फीस ल्याडर” भन्नाले जलमा जलचरको आवागमनको लागि राखिएको वैकल्पिक बाटो सम्झनु पर्छ ।
(घ) “निजी जल” भन्नाले व्यक्ति विशेषले स्थानीय तहलाई मालपोत वा भूमिकर तिरीराखेको जमीनमा भएको निजको हक र उपभोगको ताल, दह, पोखरी, तलाउ वा जलाशय सम्झनुपर्छ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिमको सम्झनुपर्छ ।

0 Comments

There are no comments yet

Leave a comment