Skip to content Skip to left sidebar Skip to footer

भाग ६ – विविध

६०. यो कानून बमोजिम काम आरम्भ भएपछि सकभर चाँडो र अवस्थाले दिएसम्म भर मुलुकमा प्रारम्भिक शिक्षा निशुल्क अनिवार्य गरिदिन र मातृभूमिको सेवालाई चाहिने शिल्प शिक्षा र उच्च शिक्षाको प्रवन्ध सरकारबाट हुनेछ । साथसाथै निरक्षरता हटाउने व्यवस्था पनि जतिसक्यो उति हुनेछ । शिक्षाको मुख्य लक्ष्य नैतिक उपदेश, व्यक्तिगत योग्यता रकार्यकुशलता, राष्ट्रप्रेम र अन्तर्राष्ट्रिय मैत्रीभाव फैलाउने हुनुपर्दछ ।

६१. मुलुकको उत्रतिसम्बन्धी काम निमित्त र संकट परिआएका वखत सरकारबाट ऋण लिने वाउठाइने छ । तर सो ऋण लिएको कुरा व्यवस्थापक सभाको अर्को सभामा पेश गरी थाहादिनुपर्नेछ ।

६२. (क) सरकारबाट बनेको नियमबमोजिम मुल्कको आम्दानी खर्चको हरहिसाब जाँच्नलाईएक प्रधान जाँचकी श्री ३ महाराजबाट भर्ना गरिबक्सनेछ । निजले सरकारबाट तोकिबक्सेबमोजिम तलव खाई काम गर्नेछ । निजको वहाली बर्खासी प्रधानन्यायालयको न्यायाधीश सरह हुनेछ ।

(ख) मुलुकको आम्दानी खर्चको तेरिज बनाई हरेक सालतमामपछि निज प्रधान जाँचकीलेसो फेहरिस्त विषयक रिपोर्ट व्यवस्थापक सभाको दुवै सभामा पेश गर्नका निमित्त श्री३ महाराजमा चढाउनेछ ।

६३. मंत्रीमण्डलले गरेको काम पट्टा कबुलियतहरू सवै नेपाल सरकार तर्फवाट भएकामानिनेछन् ।

६४. (क) मौलिक हकको विषय, पंचायतको काम, न्याय प्रबन्ध, जाँच (अडिटर), जंगीनिजामती नोकरी सम्वन्धी भर्ती, सरुवा वढुवा, शिक्षा, जंगी निजामतीकर्मचारीहरूको स्वार्थको संरक्षण र यो विधान पद्दतीमा नजनाइएका कुराहरूखुलाउने र सो बमोजिम कारवाई गर्ने नियमहरू सरकारबाट बनाइनेछ ।

(ख) हरएक क्षेत्रको निर्वाचित विषय नियमहरू भोट दिन पाउने र चुनिन पाउनेहरूकोयोग्यता, सदस्यहरू आउने इलाका छुट््याउने इत्यादि बिषय पनि सवै कुरामासरकारबाट नियमहरू वत्रेछन् ।

६५. (क) मुलुकभर सवै ठाउँमा योग्य कर्मचारीहरू भर्ना हुन भनी श्री ३ महाराजबाट एकदरखास्त परिषद खडा गरिबक्सनेछ ।

(ख) यसमा श्री ३ महाराजका तजबीजबाट खटिएका सदस्यहरू र जुन विभागमा भर्नागर्नुछ सोही विभागका एक प्रतिनिधिसमेत रहनेछन् ।

(ग) यस विषयमा बत्रे नियमबमोजिम सरकारी नोकरीका उम्मेदवारहरूको दरखास्तआएमा यस परिषद्ले योग्यता वा ल्याकत जाँचबुझ गरी सरकारमा सिफारिस पेशगर्नेछ ।

६६. यो ऐनबाट काम गर्दा पहिलोपटकलाई चुनाउ गर्ने विधिमा वा अरू कुनै कुरामा अड्काउदेखियो भने श्री ३ महाराजबाट सो बाधा अड्काउ हटाउन जरुरी अडर वक्सी कानूनकोमनसाय पुग्ने कारवाई गर्ने गर्न लगाइवक्सनेछ ।

६७. यो कानूनको दफा र सो दफा बमोजिम वनाइएका नियमहरूको अर्थ खुलासा नबुझी रायवाझिन गएमा सरकारी कर्मचारी वा कुनै सरोकारवाला व्यक्तिले विन्तिपत्रद्वारा प्रधानन्यायाधिकारिणी समितिमा त्यस बारेको उजुरी दिनु पर्छ । उजुर परेको २ महिनाभित्र सोउजुरको फैसला हुनेछ र सो फैसला अन्तिम निर्णय मानिनेछ ।

६८. यो विधान पद्धती जारी भएको सात वर्ष अथवा श्री ३ महाराजको तजवीजअनुसार हुनसके सोभन्दा अगावै शासन पद्धतिको काम, शिक्षा र उत्तरदायी संस्थाहरूको प्रचार इत्यादि बारेजाँचबुझ गर्ना निमित्त एक परिषद मुकरर गरिबक्सनेछ सो परिषदका सदस्यहरूमा लगभगआधा व्यवस्थापक सभाले आफ्नो सदस्यहरूमध्येबाट छात्रेछ । सो परिषदले अहिले स्थापितभएको शासनपद्धतीमा कतिसम्म थपघट वा अदलबदल गर्न मनासिव हुन्छ सो बारे जाहेरीपेश गर्नेछ । यो परिषदले श्री ३ महाराजबाट हुकुम बक्सेबमोजिम अरू कुराहरू बारेमा पनिजाँचबुझ गरी रिपोर्ट गर्नेछ । सो परिषदले गरेका रिपोर्टमा श्री ३ महाराजबाट विचार भईपरिषदको सिफारिसमा उचित ठहरिएको कारवाई गरिवक्सनेछ ।

0 Comments

There are no comments yet

Leave a comment