Skip to content Skip to left sidebar Skip to footer

भाग ५ – न्याय प्रबन्ध

४८. इन्साफ शीघ्र र सुलभ हिसावसँग दिइने प्रवन्ध हुनेछ । शुरुका देवानी र फौजदारी मुद्दाहरूऐन र नियमले तोकिने वन्देज र देखरेखमा रही, ग्राम पन्चायतहरूले हेर्नेछन् ।

४९. इन्साफको निमित्त खडा भएका आम अड्डा अदालतहरूमा न्यायाधीशहरूबाट इन्साफगरिनेछ । शुरुको र अपील सुत्रे अड्डाहरू अदालत गनिनेछन् ।

५०. यस ऐनमा लेखिएबमोजिम अड्डा अदालतको नियम र वन्दोबस्त अदालत र न्यायाधीशहरूमाकाम र हदको बाँडफाँड भर्नाको नियम, नोकरीको हद, नोकरीलाई चाहिने ल्याकत र योग्यतार अरू सवै न्याय प्रवन्ध सम्वन्धी विषयहरू ऐनमुताविक हुनेछन् ।

५१. कुनै अपर्झट परिस्थिति पर्न आएमा स्थापित भैरहेका साधारण अदालतहरूका कार्यक्रमद्वारामुलुकको जनतामा शान्ति कायम राख्ने कारवाई हुन नसकेको देखियो भने श्री ३ महाराजबाटविशेष अदालतहरू खडा गरिवक्सनेछ ।

५२. (क) श्री ३ महाराजका व्यवस्थापक सभाका सदस्यहरू मध्येबाट एक न्यायाधिकारी समितिखडा गरिवक्सनेछ । यसमा १२ जनाभन्दा नबढाइ सदस्य रहनेछन् । यी मध्ये दुईजनासम्म विशेष योग्यता भएका व्यवस्थापक सभा वाहिरका मानिसलाई पनि श्री ३महाराजबाट नियुक्त गरिवक्सिनेछ ।

(ख) यो समितिले तपसीलवमोजिमको अख्त्यारी पाउनेछ ।

(१) तोकिएका विशेष मुद्दाहरू हेर्ने सर्वोच्च अपीलअड्डाको काम यस ऐनवमोजिमवनेको सवाल सनद भित्र रही गर्ने ।

(२) अदालतहरूले कुन कुन मुद्दामा कति कति न्यायाधीश वसी कुन किसिमबाटमुद्दा हेरी कारवाई चलाए सवैमा न्याय पर्न जान्छ भत्रे विचार गरी नियम रसवालहरू वनाउने ।

(३) यो ऐनको ६ र ७ दफा वमोजिम कारवाई गर्ने ।

(ग) यो ऐनको हदभित्र रही यो समितिको रचना र कार्यव्रmम विषय नियमहरू समयसमयमा सरकारबाट बत्रेछन् ।

५३. (क) नेपालमा एक प्रधान न्यायालय रहनेछ ।

(ख) प्रधान न्यायलयमा एक प्रधान न्यायाधीश र अरू १२ न्यायाधीशमा नवढाइ श्री ३महाराजबाट आवश्यकताअनुसार समय समयमा भर्ना गरिबक्सनेछ ।तर प्रधान न्यायाधीशले सिफारिस गरेमा दुई वर्षको निमित्त श्री ३महाराजबाट थप न्यायाधीशहरू भर्ना गरिवक्सनेछ । यस तरिकाले भर्ना भएकान्यायाधीशहरूको वहाली रहेसम्म अरू प्रधान न्यायालयका न्यायाधीशसरह नैअखत्यार हुनेछ ।

५४. प्रधान न्यायालयको हरएक स्थायी न्यायाधीशको उमेर पैंसठ्ठी बर्ष ननाघेसम्म बहाली कायमरहनेछ ।तर–

(क) न्यायाधीशले आफैले श्री ३ महाराजमा राजीनामा चढाई पद त्याग गर्न पाउनेछ ।

(ख) व्यवस्थापिका सभाका दुवै सम्मेलनको सम्मिलित वैठकवाट कुनै न्यायाधीश प्रमाणितवदचलन भएको वा काम चलाउन अयोग्य नठहरिएसम्म श्री ३ महाराजबाट बर्खास्तहुनेछैनन् ।

(ग) न्यायाधीशले ठूलो कसूर गरेमा वा मानसिक वा शारीरिक अयोग्यताको कारणवाट श्री३ महाराजबाट सोधनी हुँदा न्यायाधिकारी समितिले कसूर वा अयोग्यताको समर्थनगरेमा नालायक वा काम गर्न नसक्ने ठहरिएको न्यायाधीशलाई श्री ३ महाराजबाटखारीज गरिवक्सनेछ ।

(घ) प्रधान न्यायालयका न्यायाधीशहरूले श्री ३ महाराजबाट तोकिवक्सेमुताविक तलवपाउनेछन् । तर बहाली रहेसम्म यिनीहरूको तलव घटबढ हुने छैन ।

५५. मुद्दाहरूको फाँट र लगत राख्ने काम प्रधान न्यायालयको हुनेछ र मातहतका अदालतहरूमाथिर इनसाफ सम्वन्धी विषयमा ऐन कानूनले तोकिएको अख्त्यारी प्रधान न्यायालयले पाउनेछ ।

५६. आफ्नो अखत्यारभित्रका सवै अदालतहरूमाथि प्रधान न्यायालयको तालुक रहनेछ र तपसीलमालेखिएको काम प्रधान न्यायालयले गर्नेछ ।

(क) कुनै मुद्दा झिकाई हेर्ने वा हेर्न लाउने ।

(ख) कुनै मुद्दा वा अपिल परेको मुद्दा एउटा अदालतवाट सम अखत्यारवाला अर्को अदालतवा त्यसभन्दा बढी अखत्यार भएको अदालतमा सार्ने ।

(ग) आफ्नो मातहतका अदालतहरूको नियम र सिलसिला बसाई सो जारी गर्ने ।

(घ) अदालतहरूले स्याहा स्रेस्ता राख्ने र मुद्दा मिसिलहरूको लगत किताव खडा गर्नेतरिका तोक्ने–तर चालू रहेको ऐनमा बाधा नखाने गरी नियमहरू र फार्महरूता खडाहुनुपर्छ ।

५७. यस ऐनमुताविक हुनुपर्ने कुनै न्यायसम्वन्धी काम नचलेसम्म भईरहेकै ऐन र नियमहरू कायमरहनेछन् ।

५८. ऐन र आफ्नो अखत्यारभित्र धर्म सम्झी कर्तव्यपालन निमित्त न्यायसम्वन्धी काम गर्दा गराउँदान्यायाधीश र अदालतका कर्मचारीहरूलाई बात नलागोस् भत्रा निमित्त बचाउको लागिचाहिँदो ऐन वत्रेछ ।

५९. यो ऐनभित्र परेको कुनै कुराले श्री ३ महाराजबाट अपराधीहरूलाई माफी मिनाहा मोजरा रसजाय घटाइवक्सने अधिकारमा असर पर्नेछैन ।

0 Comments

There are no comments yet

Leave a comment