सूचना
२०७८/०७९ को बार्षिक प्रतिवेदन पेश
मिति २०७९/०५/२७ गते सोमबारका दिन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको माननीय मन्त्री मा. गोबिन्द प्रसाद शर्मा (कोइराला)ज्यू समक्ष नेपाल कानून आयोगका अध्यक्ष श्री जागेश्वर सुवेदीज्यूले नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ बमोजिम नेपाल कानून आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
२०७७/०७८ को वार्षिक प्रतिवेदन पेश
मिति २०७८/०५/२७ गते आइतबारका दिन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको माननीय मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूसमक्ष नेपाल कानून आयोगका अध्यक्ष श्री जागेश्वर सुवेदीज्यूले नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ बमोजिम नेपाल कानून आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री दिलेन्द्रप्रसाद बडुज्यूद्वारा आयोगको निरीक्षण
मिति २०७८/०७/१६ गते माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री दिलेन्द्रप्रसाद बडुज्यूद्वारा नेपाल कानून आयोगको निरीक्षण गर्नु भयो । निरीक्षणको क्रममा माननीय मन्त्रीज्यूले कानून निर्माणमा नेपाल कानून आयोगको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नु भयो । सचिव श्री लीला देवी गडतौला (निरौला) ले आयोगको कार्यक्षेत्र र कार्यप्रगतिको सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो भने आयोगको अध्यक्षज्यू र उपाध्यक्षज्यूले आयोगको भूमिकामा बृद्धि ल्याउनु पर्नेमा जोड दिनु भएको थियो ।