Skip to content Skip to left sidebar Skip to footer

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३

प्रमाणीकरण र प्रकाशन मिति
२०६३।८।२२
संशोधन गर्ने ऐन
१. लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य
गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२- २०७२।६।१४
२. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२- २०७२।११।१३
२०६३ सालको ऐन न. न २७
विद्युतीय कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः विद्युतीय तथ्याङ्क आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सृजना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानूनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ ।

0 Comments

There are no comments yet

Leave a comment