Skip to content Skip to left sidebar Skip to footer

परिच्छेद–८ नेटवर्क सेवा सम्बन्धी व्यवस्था

४२. नेटवर्क सेवा प्रदान गर्नेकोे दायित्वः नेटवर्क सेवा प्रदान गर्नेेको रुपमा आफ्नो सेवा उपलब्ध गराउने मध्यस्थकर्ताहरुले आपूmले त्यसरी उपलब्ध गराएको सेवाका सम्बन्धमा देहाय बमोजिमको दायित्व व्यहोर्नु पर्नेछ ः–
(क) सेवा प्रदान गर्ने सम्बन्धमा ग्राहकसँग भएको सम्झौतामा उल्लेख भएको दायित्व,
(ख) नेटवर्क सेवा प्रदान गर्नेेको इजाजतपत्रमा उल्लेख भएको दायित्व, र
(ग) तोकिए बमोजिमको अन्य दायित्व ।
४३. नेटवर्क सेवा प्रदान गर्नेले दायित्व व्यहोर्नु नपर्नेः दफा ४२ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेटवर्क सेवा प्रदान गर्नेले विद्युतीय स्वरुपमा उपलब्ध गराएको तेस्रो पक्षको सूचना वा तथ्याङ्कको सम्बन्धमा त्यस्तो सूचना वा तथ्याङ्कमा पहुँच उपलब्ध गराएको कारणबाट मात्र सो सूचना वा तथ्याङ्कमा उल्लेख वा समावेश भएको कुनै तथ्य वा विवरणको सम्बन्धमा उत्पन्न हुने कुनै फौजदारी वा देवानी दायित्व व्यहोर्नु पर्ने छैन ।
तर सो सूचना वा तथ्याङ्कमा उल्लेख वा समावेश भएको कुनै तथ्य वा विवरणले यो ऐन वा यस ऐन अन्तर्गत बनेको कुनै नियमको उल्लंघन गरेको छ भन्ने जानी–जानी त्यस्तो सूचना वा तथ्याङ्कमा पहुँच उपलब्ध गराउने नेटवर्क सेवा प्रदान गर्ने व्यक्ति वा संस्था त्यस्तो दायित्वबाट मुक्त हुने छैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “तेस्रो पक्ष” भन्नाले नेटवर्क सेवा प्रदान गर्नेले मध्यस्थकर्ताको रुपमा सेवा उपलब्ध गराएको र नेटवर्क सेवा प्रदान गर्नेकोे कुनै नियन्त्रण नभएको व्यक्ति सम्झनु पर्छ ।

0 Comments

There are no comments yet

Leave a comment