वार्षिक प्रतिवेदन आ.व. २०८२।८३
Annual Report 2082-83
कानूनको तर्जुमा, संहिताकरण तथा प्रचलित कानूनमा संशोधन, एकीकरण र पुनरवलोकन गर्न तथा कानून र न्यायसम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गर्ने कार्य समेत सम्पादन गर्नका लागि नेपाल कानून आयोग ऐन, २०६३ बमोजिम नेपाल कानून आयोगको स्थापना भएको हो। सोही कानूनी व्यवस्था बमोजिम आयोगले आफ्नो काम कारवाही सम्पादन गर्दै आइरहेको छ।
नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ मा आयोगले आफूले वर्ष भरिमा गरेको कामकाबाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्ने व्यवस्था रहेको छ। सो व्यवस्था बमोजिम आयोगले आर्थिक वर्ष २०८२/२०८३ मा सम्पादन गरेका काम कारबाही समावेश गरी तयार गरेको वार्षिक प्रतिवेदन मिति २०८३/०५/११ मा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री मार्फत नेपाल सरकार समक्ष पेश गरेको छ।